सछ्वानमा गएको भूकम्पबाट पीडितहरूलाई पूर्ण रूपमा सहयोग दिँदै
2022-09-05 20:28:08CRI
Share with:

सेप्टेम्बर ५ मा मध्यान्ह १२:५२ मा, सछ्वान प्रान्तीय कान्ची तिब्बती प्रिफेक्चरको लुडिङ जिल्लामा ६.८ रिक्टर स्केलको भूकम्प गएको छ। सो भूकम्पबाट भएको हताहत तथा प्रकोपको अवस्थाबारे तथ्याङ्क संकलन चलिरहेको छ।

भूकम्पपछि राज्य परिषद अन्तर्गत भूकम्प प्रतिरोध तथा उद्धार मुख्यालय एवम् आपत्‌कालीन व्यवस्थापन मन्त्रालयले तुरून्तै राष्ट्रिय भूकम्प आपत्‌कालीन प्रतिक्रिया स्तर ३ थालेका छन्। चीनको अर्थ मन्त्रालय लगायतका सम्बद्ध विभागहरूले सम्पूर्ण रूपमा आपतकालीन उद्धार र प्रभावित मानिसहरूको उद्धार कार्यका लागि सोही दिन सछ्वान प्रान्तलाई ५ करोड युआन बराबर केन्द्रीय प्राकृतिक प्रकोप राहत कोष छुट्याएका छन्।

५ तारिख दिउँसो ४ बजेसम्म, आपतकालीन व्यवस्थापन मन्त्रालयले राष्ट्रिय व्यापक अग्नि उद्धार टोलीका ११०० भन्दा बढी सदस्यहरू, सुरक्षा उत्पादन आपतकालीन उद्धार टोलीका ५० जना सो क्षेत्रमा पठाइसकेको छ। साथै प्राकृतिक प्रकोप इन्जिनियरिङ उद्धार केन्द्रहरूले ९८ जना सदस्य, ३१ सेट उपकरणहरू, र १ थान उद्धार हेलिकप्टर पनि भूकम्प पीडित क्षेत्रमा पठाएको छ।  यसका अतिरिक्त, आपतकालीन व्यवस्थापन मन्त्रालयले छोङछिङ, कान्सु, कुइचौ, युन्नान, छिङहाई र सछ्वान प्रान्त वरपरका अन्य क्षेत्रका आगलागी उद्धार टोली एवम् चीन भूकम्प उद्धार टोलीका ३६०० व्यक्तिहरू र ७० भन्दा बढी खोज र उद्धार कुकुरहरू पठाएको छ।