उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्यालयमा अमेरिकी राष्ट्रिय सुरक्षा ब्युरोको इन्टर्नेट हमलामा चीनद्वारा कडा निन्दा
2022-09-05 17:13:48CRI
Share with:

सेप्टेम्बर ५ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ। चीनको राष्ट्रिय कम्प्युटर भाइरस आकस्मिक प्रतिक्रिया केन्द्र र ३६० नामक चिनियाँ कम्पनीले उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्यालयमा अमेरिकी राष्ट्रिय सुरक्षा ब्युरोको इन्टर्नेटद्वारा हमला गरिएको घटनाबारेको छानबिन प्रतिवेदन छुट्टा-छुट्टै रुपमा सार्वजनिक गरेका छन्।

प्रवक्ता माउले अमेरिकाको कर्तुतले चीनको राष्ट्रिय सुरक्षा र नागरिकको व्यक्तिगत सूचना सुरक्षालाई गम्भीर रुपमा हानी पुर्‍याएको छ। चीनले यसको कडा निन्दा गर्नुका साथै अमेरिकासँग यसबारे जवाफ दिन र तुरुन्तै अबैधानिक गतिविधि रोक्न आग्रह गरेको कुरा बताउनुभयो।

माउकाअनुसार, इन्टर्नेट सुरक्षा विश्व सामु देखापरेको साझा समस्या हो। सबैभन्दा शक्तिशाली इन्टर्नेट प्रविधि क्षमता रहेको मुलुकको रुपमा अमेरिकाले अरु मुलुकमाथि हमला गर्न तुरुन्तै रोक्नुपर्ने, इन्टर्नेट सुरक्षाको संरक्षण गर्नका लागि रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेछ।