उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्यालयमा अमेरिकाको एनएसएको इन्टर्नेट हमला
2022-09-05 17:09:29CRI
Share with:

सेप्टेम्बर ५ तारिख चीनको राष्ट्रिय कम्प्युटर भाइरस आकस्मिक प्रतिक्रिया केन्द्र र ३६० नामक कम्पनीले बेग्ला-बेग्लै रुपमा चीनको उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्यालय विदेशी इन्टर्नेटको हमलाबारेको छानबिन प्रतिवेदन सार्वजनिक गरेका छन्। ती प्रतिवेदनहरूअनुसार, इन्टर्नेट हमलाको उदगम अमेरिकाको राष्ट्रिय सुरक्षा ब्यूरो अर्थात् एनएसए हो।

हमला गरिएको उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्यालय चीनको पल्लो शान सी प्रान्तीय सीआन शहरमा पर्दछ। सीआन शहरको सार्वजनिक सुरक्षा ब्युरोको बैलिन शाखाका उप प्रमुख चिन छीले उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्यालय चीनको उड्डयन, अन्तरिक्ष, नेभिगेसन इन्जिनियरिङ शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रको महत्वपूर्ण विश्वविद्यालय हो र धेरै राष्ट्रिय उत्कृष्ट वैज्ञानिक अनुसन्धान टोली दक्ष व्यक्तिहरू रहेका, यो विश्वविद्यालयको विशेष स्थान रहेको छ। त्यसैले इन्टर्नेट हमनाको तारो बनेको बताउनुभयो।

चीनको राष्ट्रिय कम्प्युटर भाइरस आकस्मिक प्रतिक्रिया केन्द्रको उच्च स्तरीय इन्जिनियर तु चनह्वाले छानबिन प्रतिवेदनबाट एनएसएले इन्टर्नेट हमला हतियारमार्फत चीनको विभिन्न क्षेत्रको अग्रणी उद्योग-व्यवसाय, सरकार, विश्वविद्यालय, चिकित्सा, वैज्ञानिक अनुसन्धानआदि संस्थानहरूमाथि गोप्य ह्याकिंग हमला गरेको कुरा देखिएको बताउनुभयो।