स छ्वान भूकम्पलाई राष्ट्रिय आपतकाल व्यवस्थापन स्तरको दोस्रो स्तर
2022-09-06 15:23:51cri
Share with:

स छ्वान प्रान्तको कान च प्रिफेक्चरमा रहेको लु तिङ जिल्लामा सेप्टेम्बर ५ तारिख दिउँसो १२ बजेर ५२ मिनेट जाँदा ६.८ रेक्टर स्केलको भूकम्प गएबाट ठूलो जनधनको क्षति भएको छ।

केन्द्रीय प्रचार प्रसार विभाग, उद्योग र सूचना मन्त्रालय, सार्वजनिक सुरक्षा मन्त्रालय, प्राकृतिक स्रोत मन्त्रालय, आबास र शहर तथा ग्रामिण क्षेत्रको विकास मन्त्रालय, यातायात तथा ढुवानी मन्त्रालय, राष्ट्रिय स्वास्थ्य आयोग, आपतकाल व्यवस्थापन मन्त्रालय लगायतका संस्थाहरुबाट गठित राज्य परिषदको भूकम्प उद्धार सम्बन्धी निर्देशन विभागको कार्य टोलीले भूकम्पबाट प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ।

 विनाशकारी भूकम्प गएको हुनाले राज्य परिषदको भूकम्प उद्धार सम्बन्धी निर्देशन विभाग र आपतकालिन् व्यवस्थापन मन्त्रालयले सो भूकम्पलाई राष्ट्रिय आपतकाल व्यवस्थापन स्तरको दोस्रो स्तरमा राखेको छ।