जकार्ता-बान्डुङ द्रुत गतिको रेलमार्ग र चीन-म्यान्मार रेलमार्ग पारस्परिक हित, साझा विजयी र सहकार्य सबल पार्ने सूक्ष्म छबि
2022-09-06 17:21:28CRI
Share with:

सेप्टेम्बर ६ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। पत्रकारले प्रश्न सोधेअनुसार, चीनद्वारा डिजाइन र उत्पादन गरिएको जकार्ता-बान्डुङ द्रुत गतिको रेलमार्गको पहिलो चरणको रेल र जाँचबुझ रेल इन्डोनेशिया पठाइएको छ। ती सहकार्यले चीन र दक्षिण-पूर्वी एशियाली मुलुकहरूले “बेल्ट एण्ड रोड”को संयुक्त रुपमा निर्माण गर्ने सहकार्यले क्षेत्रीय विकास र विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि सकारात्मक ऊर्जा थपिदिएको छ।

प्रवक्ता माउले जकार्ता-बान्डुङ द्रुत गतिको रेलमार्ग र चीन-म्यान्मार रेलमार्ग “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत भएको नौ वर्षयता चीनले दक्षिण-पूर्वी एशियाली मुलुकहरूसँग पारस्परिक हित, साझा विजयी र सहकार्य सबल पार्ने सूक्ष्म छबि भएको बताउनुभयो। चीनले विभिन्न पक्षसँग मिलेर “बेल्ट एण्ड रोड” सहकार्यको उच्च गुणस्तरको विकासलाई अगाडि बढाउने, साझा विका र समृद्धि साकार तुल्याउन‌ र चीन-आशिया भाग्य समुदायको सिर्जना गर्न भूमिका निर्वाह गर्ने कुरा माउले बताउनुभयो।