ब्राजिल स्वतन्त्र भएको २००औँ वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्राध्यक्ष सीद्वारा ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई बधाई सन्देश
2022-09-07 15:33:29cri
Share with:

ब्राजिल स्वतन्त्र भएको २००औँ वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आज सेप्टेम्बर ७ तारिख ब्राजिलका राष्ट्रपति जाइर बोलसोनारोलाई बधाई सन्देश पठाउनुभएको छ।

सो बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले पश्चिमी गोलार्द्धमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रूपमा रहेको ब्राजिलले स्वतन्त्र रुपमा शान्तिपूर्ण विकासको बाटोमा हिँडेर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको औँल्याउनुभएको छ। सन्देशमा केही दिनअघि सम्माननीय राष्ट्रपति बोलसोनारोसँगै ब्रिक्स मुलुकका नेताहरु बीचको चौधौँ भेट-वार्तामा सहभागी हुँदा ब्रिक्स मुलुकहरु बीचमा प्रशस्त उपलब्धि हासिल गर्न र विश्वको शान्तिपूर्ण विकासका लागि योगदान पुर्‍याएको पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो।

राष्ट्राध्यक्ष सीले विगत केही वर्षयता दुवै पक्षको साझा प्रयासमा चीन-ब्राजिल सम्बन्धको स्वस्थ विकास हुँदै आएको र व्यावहारिक सहयोगमा प्रशस्त उपलब्धि हासिल भएको कुरामा जोड दिनुभयो। चीन-ब्राजिल सम्बन्धको विकासलाई उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपति बोलसोनारोसँगै मिलेर चीन-ब्राजिल सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको विकासलाई अघि बढाउने इच्छा लिएको पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो।