चीनको सेवा व्यापार मेलाको "मित्र सर्कल" फराकिलो हुँदै
2022-09-08 09:16:37cri
Share with:

 

रोबोट "बार्टेन्डर" द्वारा तयार पारिएको रेड वाइनको स्वाद लिने, भर्चुअल रियालिटी (VR) चश्मा लगाएर गोलकिपर बन्ने... चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२२ सेप्टेम्बर ५ मा सम्पन्न भएको छ। "भविष्य" को अनुभव दिने प्रविधिहरूबाट दर्शकहरूमा अविस्मरणीय छाप छोडिएको साथै विश्वका उद्यमहरूको लागि पनि नयाँ व्यापार अवसरहरू ल्याइएको छ।

चालु वर्षको सेप्टेम्बरमा ६ दिनसम्म चलेको उक्त मेलाबाट विश्वका  फर्च्युन ५०० र उद्योगका अग्रणी कम्पनीहरूमध्येका ५०७ वटालाई अफलाइनमा सहभागी हुन आकर्षित गरेको छ। संयुक्त अरब इमिरेट्स, स्वीट्जरल्याण्ड र इटालीलगायत १० वटा मुलुकले देशको नाममा प्रदर्शनीमा पहिलो पटक भाग लिएका छन्। प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार, यस पटकको सेवा व्यापार मेलामा प्राप्त भएका उपलब्धिहरूको संख्या १३३९ पुगेको छ तीमध्ये १७३ आविष्कार उपलब्धि भएको छ। जसले गर्दा सेवा व्यापारमा ‘आविष्कार’ झनै महत्वपूर्ण बन्दै गएको देखिएको छ। संयुक्त राष्ट्र संघको व्यापार तथा विकास सम्मेलनको तथ्याङ्क अनुसार, विश्वव्यापी सेवा व्यापारमा, नवप्रवर्तन सम्बन्धी प्रविधि र सूचना सेवा, बौद्धिक सम्पदा सर्वाधिकार सेवा तथा अनुसन्धान र विकास डिजाइनले ओगटेको भाग सन् २००५ को ११.४ प्रतिशतबाट सन् २०२० मा १८ प्रतिशत पुगेको छ।

प्राविधिक आविष्कार क्षेत्रमा सबैभन्दा सक्रिय भागको रूपमा, डिजिटल अर्थतन्त्र विश्वव्यापी आर्थिक वृद्धिको नयाँ इन्जिन बनेको छ। धेरै वर्षदेखि, चीनको डिजिटल अर्थतन्त्र उद्योगको परिमाण विश्वमा दोस्रो स्थानमा रहिरहेको छ। जसबाट विश्व अर्थतन्त्र र उद्यमहरूमा धेरै आवश्यकता परेको विकास शक्तिलाई थपिएको छ। यसै अर्थमा चीनको सेवा व्यापार मेलालाई "पावर पम्प" भन्न सकिन्छ।

चालु वर्ष व्यापार मेला आयोजित भएको दसौं वार्षिकोत्सव हो। विगत दश वर्षमा चीनका सेवा व्यापारका साझेदारहरू विश्वका २०० देश र क्षेत्रहरू भएका छन्। विश्वव्यापीकरणले प्रतिकूल प्रवाहको सामना गरिरहेको तथा क्षेत्रीय द्वन्द्वहरू बारम्बार भइरहेको परिप्रेक्षमा, सेवा व्यापार मेलाको "मित्र सर्कल" ठूलो हुँदै गइरहेको छ। यसबाट आर्थिक विश्वव्यापीकरणलाई दृढताका साथ प्रवर्द्धन गर्ने चीनको दृढ निश्चिततालाई प्रतिविम्वित गरिएको छ। यी नै वर्तमान विश्वला अत्यन्तै आवश्यक पर्ने कुराहरू हुन्।

चिनियाँ आधिकारिक तथ्याङ्कअनुसार, विगत दश वर्षमा चीनको सेवा व्यापारको आयात र निर्यात औसतमा वार्षिक रूपमा ६.१ प्रतिशतले बढिरहेको छ र सेवा व्यापारको परिधि लगातार ८ वर्षसम्म विश्वमा दोस्रो स्थानमा रहिरहेको छ।

यस पटकको सेवा व्यापार मेला सम्पन्न भएपछि, मेलामा हासिल गरिएका विविध उपलब्धिहरूको कार्यान्वयन गरिने छ जसबाट विश्वलाई फाइदा पुग्नेछ। बाहिरी विश्वका लागि चीनको उच्च स्तरीय खुलापन निरन्तर बृद्धि हुँदै जाने क्रममा अझ बढी राम्रा कुराहरू आइपर्ने विश्वास गरिएको छ।