साफ यू-१७ फुटबलको सेमिफाइनलमा नेपाल
2022-09-08 16:23:57CRI
Share with:

श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलमा विजयी सुरुआत गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलंकाको राजधानी कोलोम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलमा बुधबार राति भुटानविरुद्ध २-१ गोल अन्तरको जितसहित नेपालले राम्र सुरुवा गरेको नेपाल खबर अनलाइनले लेखेको छ। 

समूह 'बी' अन्तर्गतको खेलमा भुटानलाई हराएपछि नेपाल सेमिफाइनल पुगेको छ। नेपालसँगै छिमेकी भारतले पनि अन्तिम चारको यात्रा तय गरेको छ।

यसअघि भारतसँग पनि ३-० ले हारेको भुटान घर फर्किएको छ। यो समूहमा नेपाल र भारतको समान ३/३ अंक भएको छ। तर गोलअन्तरका आधारमा भारत शीर्ष स्थानमा छ। 

यो समूहबाट भुटान घर फर्किँदा भारत र नेपाल समूह विजेताका लागि शुक्रबार भारतसँग खेल्नेछ।