"बेल्ट एण्ड रोड" को उच्च गुणस्तरीय संयुक्त निर्माण
2022-09-08 20:22:14CRI
Share with:

सन् २०१३ को शरद ऋतुमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले "बेल्ट एण्ड रोड" (बीआरआई)अवधारणा प्रस्ताव प्रस्तुत गर्नुभयो। वितेका ९ वर्षमा, बीआरआईको संयुक्त निर्माणलाई सम्बद्ध मुलुकहरूको विकास योजनासँग जोडिएको छ जसबाट ती मुलुकहरूमा सहयोगको रूख रोपेर फूल फुलेको देख्न पाइन्छ।

बीआरआई सम्बद्ध मुलुकहरूले प्राप्त ती उपलब्धिहरूको कसरी मूल्याङ्कन गर्छन्?

यसबारे चर्चा गर्दै सर्बिया अन्तर्राष्ट्रिय राजनीति र अर्थशास्त्र संस्थानका उपनिर्देशक तथा "बेल्ट एण्ड रोड" क्षेत्रीय अनुसन्धान केन्द्रका निर्देशक इभोना राजभाकले यसरी भनेकी छिनः "बेल्ट एण्ड रोड" अवधारणालाई अघि बढेयता, विस्तृत परामर्श, संयुक्त योगदान र साझा लाभ भन्ने सिद्धान्तको चीनले सधैं पालना गरिरहेको छ। अतिरिक्त राजनीतिक शर्तबिना चीनले सबै देशहरूलाई समान साझेदारको रूपमा व्यवहार गर्ने र दुवै पक्षको लागि लाभदायक सहयोग गर्ने गरेको छ। बीआरआई नै एक खुला अवधारणा हो जसमा इच्छुक राखेका सबै देशहरू सामेल हुन सक्छन्; यो नै एक व्यावहारिक अवधारणा हो जसले सम्बद्ध देशहरू र क्षेत्रहरूको आर्थिक रूपान्तरण र स्तरोन्नति इच्छासँग मिलेको छ; यो नै युगसँग अघि बढ्ने अवधारणा हो जसबाट सम्बद्ध मुलुकलाई उच्च गुणस्तर विकासको दिशामा अगाडि बढाइरहेको छ।

हालसम्म चीनले १४९ मुलुक र ३२ अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीआरआई अवधारणा सम्बन्धी २०० भन्दा बढी सहयोग दस्तावेजहरूमा हस्ताक्षर भएको छ। बीआरआई अवधारणा विश्वभर किन यति व्यापक रूपमा समर्थन दिइएको छ?

यस सम्बन्धमा केन्याको दक्षिण-दक्षिण सहयोग थिंकट्याङ्कका प्रमुख स्टिफन एनडेग्वाले भने: धेरै अफ्रिकी मुलुकहरू लामो समयदेखि पिछडिएको अवस्थाबाट मुक्त हुन सकेका छैनन् र विकासको ठूलो इच्छा राखेका छन्। "बेल्ट एण्ड रोड"ले हामीलाई आशा दिएको छ। चिनियाँहरूको भनाइ छः "मानिसलाई माछा दिनुभन्दा माछा मार्ने सिकाउनु राम्रो हुन्छ।" "बेल्ट एण्ड रोड"मार्फत् सम्बद्ध अफ्रिकी देशहरूको अन्तर्निहित प्रेरणालाई बढाएको छ।

"बेल्ट एण्ड रोड" को भावी विकास सम्भावनालाई कसरी हेर्नुहुन्छ?

पाकिस्तानको "अन्डरस्ट्यान्डिङ चाइना" फोरमका अध्यक्ष जफर महमूदले भनेका छन्: २१औँ शताब्दीमा, संसार झन्-झन् नजिक हुँदै गइरहेको छ। भविष्यलाई हेर्दा, "बेल्ट एण्ड रोड" को फराकिलो विकास क्षेत्र र अवसरहरू छन् र विश्वका जनताका लागि नयाँ युगमा विकासका अवसरहरूको बाँड्ने क्रममा निश्चित रूपमा नयाँ योगदान दिँदै जानेछ।