बेलायती महारानी एलिजाबेथ द्वीतीयको निधनमा राष्ट्राध्यक्ष सीद्वारा नवनियुक्त राजा चार्ल्स तृतीयलाई शोक सन्देश
2022-09-09 16:19:10cri
Share with:

बेलायतकी महारानी एलिजाबेथ द्वीतीयको निधनप्रति चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर ९ तारिख बेलायतका नवनियुक्त राजा चार्ल्स तृतीयलाई शोक सन्देश पठाउनुभएको छ। चीन सरकार, चिनियाँ जनता र व्यक्तिगत रुपमा राष्ट्राध्यक्ष सीले बेलायती महारानी एलिजाबेथ द्वीतीयको निधन भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेलायतका शाही परिवार, सरकार र जनतालाई गहिरो संवेदना व्यक्त गर्नुभएको छ।

 

शोक सन्देशमा राष्ट्राध्यक्ष सीले बेलायतको इतिहासमा सबैभन्दा लामो समयसम्म राजगद्दीमा बसेकी एलिजाबेथ द्वीतीयले व्यापक प्रशंसा प्राप्त गर्नुभएको उल्लेख गर्दै चीन-बेलायत सम्बन्धको विकासलाई उच्च महत्व दिएको बताउनुभयो। साथै उहाँले राजा चार्ल्स तृतीयसँग मिलेर द्वीपक्षीय सम्बन्धको स्वस्थ र स्थिर विकासलाई अघि बढाउन इच्छुक रहेको पनि उल्लेख गर्नुभयो।

 

चीनका प्रधानमन्त्री ली ख छ्याङले पनि सेप्टेम्बर ९ तारिख बेलायती प्रधानमन्त्री लीज ट्रसलाई शोक सन्देश पठाउँदै महारानी एलिजाबेथ द्वीतीयको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राजपरिवार, बेलायत सरकारलाई हार्दिक संवेदना व्यक्त गर्नुभएको छ।