पाइ लु सौर्य मासमा किसानहरू बाली भित्र्याउन व्यस्त
2022-09-09 09:43:13cri
Share with:

पाइ लु चिनियाँ पात्रोअनुसार २४ सौर्य मासहरूमध्येको १५औँ सौर्य मास हो। साथै यो शरद ऋतुको तेस्रो सौर्य मास पनि हो, जुन गत सेप्टेम्बर ७ तारिखबाट रम्भ भएको छ। 

पाइ लु प्राकृतिक वातावरणमा तापक्रममा भिन्नता देखिने महत्वपूर्ण सौर्य मास हो, पाइ लुमा पुग्दा ग्रीष्म ऋतुको तातो वायु लोप भएर रातमा शीतल हुन थाल्छ। दिउँसो र रातको तापक्रमबीचको ठूलो अन्तरले बिहान सबेरै वायुमा शीत रहेको हुन्छ। चिनियाँ भाषामा पाइ लुको अर्थ सेतो पानीको थोपा हो। 

पाइ लुमा विभिन्न किसिमका बाली भित्र्याउने बेला भएको छ र किसानहरू बाली भित्र्याउन व्यस्त हुँदैछन्। पाइ लुको घमाइलो दिनहरूमा, धान सुन जस्तै चम्कन्छ’ ‘पाइ लुमा शीत देखिएको बेला सुनौला धान भित्र्याइन्छ यस्ता चिनियाँ उखानबाट यस अवधिको व्यस्त दृश्यको उल्लेख गरिएको छ।