बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति शोक व्यक्त
2022-09-09 16:36:40CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले सेप्टेम्बर ९ तारिख दिउँसो नियमित पत्रकार सम्मेलनमा चीनले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति शोक व्यक्त गरेको बताउनुभएको छ। प्रवक्ता माउले एलिजाबेथ द्वितीयले शासन भएको सत्तरी वर्षमा देशको विकास प्रबर्द्धन गर्नुभएको र बेलायत र विश्वको विभिन्न मुलुकको मैत्रीपूर्ण आदान-प्रदानलाई अगाडि बढाउनुभएको उल्लेख गर्नुभयो।

प्रवक्ता माउले महारानी चीनको भ्रमण गर्नुभएको बेलायतका पहिलो सम्राट हुनुभएको र उहाँले चीनका धेरै नेताहरूलाई बेलायतको भ्रमण गर्न स्वागत गर्नुभएको, उहाँले चीन र बेलायतका जनताबीचको मित्रतालाई घनिष्ठा पार्न र दुई मुलुकको मैत्रीपूर्ण आदान-प्रदानलाई विस्तार गर्नका लागि महत्वपूर्ण योगदान दिनुभएको कुरामा जोड दिनुभयो।

माउले चीनले बेलायेती शाही परिवार र विभिन्न पक्षसँग द्विपक्षीय सम्बन्धको विकासालई निरन्तर रुपमा अगाडि बढाउने आशा लिएको पनि बताउनुभयो।