संयुक्त राष्ट्र संघका महासचिवद्वारा पाकिस्तानको बाढी प्रकोपग्रस्त क्षेत्रको निरीक्षण
2022-09-11 16:39:39CRI
Share with:

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले सेप्टेम्बर १० तारिख पाकिस्तानी प्रधानमन्त्री शाहबाज शारिफका साथमा पाकिस्तानको दक्षिण-पश्चिमी बालोचिस्तान प्रान्त र दक्षिणी सिन्ध प्रान्तको बाढी प्रकोपग्रस्त क्षेत्रहरूमा गई स्थानीय सर्वसाधारणलाई सान्त्वना दिनु भएको छ। उहाँहरुले यस पटकको बाढी प्रकोपबाट क्षति भएको विश्वको साँस्कृतिक सम्पदा मोहनजोदड़ोमा पुरातात्विक भग्नावशेषको निरीक्षण पनि गर्नुभएको छ। 

सेप्टेम्बर ९ तारिख गुटरेसले पाकिस्तानको विदेश मन्त्रालयद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा सिन्ह्वा समाचार समितिका पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै जलवायु परिवर्तन न्याय सम्बन्धी समस्या हो भन्दै उहाँले विकसित मुलुकसँग जलवायु परिवर्तनका असर परेका विकासोन्मुख मुलुकहरूलाई समर्थन दिन आह्वान गर्नुभयो।