बलियो एकता नै दक्षिण-दक्षिण सहयोगको सफलताः राष्ट्रसंघका महासचिव
2022-09-12 18:04:22cri
Share with:

सेप्टेम्बर १२ तारिख संयुक्त राष्ट्रसंघको दक्षिण-दक्षिण सहयोग दिवस हो। यस उपलक्ष्यमा संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले सम्बोधन गर्दै एकतालाई सबल पारे मात्रै पहिले नभएको चुनौती तथा उथलपुथल स्थितिको सामना गर्नसकिने र दक्षिण-दक्षिणबीचको सहयोग सफल हुनसक्ने विचार प्रकट गर्नुभएको छ।

 

गुटेरेसले दक्षिण-दक्षिण सहयोग र तीन पक्ष बीचको सहयोग विकासोन्मुख मुलुकहरुले जलवायु परिवर्तन अनुकूल हुन, कोरोना महामारी लगायत विश्व स्वास्थ्य संकटको सामना गर्न र दिगो विकास सम्बन्धी १७ लक्ष्यलाई पूरा गर्न निकै महत्वपूर्ण रहेको बताउनुभयो।

 

संयुक्त राष्ट्र संघको महाधिवेशनले सन् २००३ को डिसेम्बरमा एउटा निर्णय प्रस्ताव पारित गरी सन् २००४देखि हरेक वर्षको डिसेम्बर १९ तारिखलाई संयुक्त राष्ट्र संघको दक्षिण-दक्षिण सहयोग दिवस बनाउने निर्धारण गरेको थियो। तर सन् २०११ को डिसेम्बर २२ तारिख सो महाधिवेशनले हरेक वर्षको सेप्टेम्बर १२ तारिखलाई संयुक्त राष्ट्र संघको दक्षिण-दक्षिण सहयोग दिवसमा परिवर्तन गरेको थियो।