राष्ट्राध्यक्ष सी चिनफिङ शाङहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक परिषद्को २२ औं सम्मेलनमा सहभागी
2022-09-12 18:03:02cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सेप्टेम्बर १४ देखि १६ तारिखसम्म उज्ज्वेकिस्तानको सामार्काण्डमा आयोजना हुने शाङहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक परिषद्को २२ औं सम्मेलनमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।

 

साथै गणतन्त्र कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट टोकायेभ र गणतन्त्र उज्वेकिस्तानका राष्ट्रपति शाभकट मिर्जियोयेभको निमन्त्रणामा राष्ट्राध्यक्ष सी चिनफिङले ती दुई देशको राजकीय भ्रमण गर्नुहुने घोषणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले गर्नुभएको छ।