चीनद्वारा वास्तविक गतिबिधमार्फत मानव जाति भाग्यको एकरूपताको स्थापना भन्ने विचारधारालाई व्यवहारमा उतारिने
2022-09-13 19:20:55cri
Share with:

 

“जनताको दोस्रो युवाकाल आउँदै छ! कजाकिस्तान-चीन नयाँ उर्जा सहयोगात्मक परियोजनाले शहरमा लगानी ल्याउनुका साथै स्थानीय जानातासका लागि नयाँ कामको पनि सिर्जना गरेको छ। हाल रेशमी रोडमा अवस्थित सो सानो शहर पुनरूत्थान हुँदैआएको देखिन्छ।” कजाकिस्तान जन बैंकका पूर्व उप गभर्नर अल्मार्स च्युजिङले हाल सम्वाददातालाई मानव जाति भाग्यको एकरूपता भन्ने विचारधारा सम्बन्धी आफ्नो बुझाईबारे चर्चा गर्दै कजाकिस्तान-चीन सहयोगमा निर्मित जानातास वायु विद्युत परियोजनाबारे पनि खुशीसाथ जानकारी दिनुभएको छ।

 

प्रसिद्ध अर्थशास्त्री एवं कजाकिस्तान-चीन सहयोगात्मक परियोजनामा संलग्न भएका व्यक्तिको हैसियतले च्युजिङले जानातास परियोजना चीनले रेशमी मार्गका आबद्ध मुलुक बीच बेल्ट एण्ड रोडको उच्च गुणस्तरीय रूपमा निर्माण गर्ने र ठोस गतिबिधिमार्फत साझा समृद्धि, सफा र सुमधुर विश्वको स्थापना गर्ने र मानव जाति भाग्य एकरूपताको निर्माण गर्ने वास्तविकता नै हो भन्ने ठहर गर्नुभएको छ।