चच्याङ प्रान्तद्वारा आँधी बेहरीको आपतकालीन प्रतिरोधात्मक स्तर दोस्रो श्रेणीमा
2022-09-13 19:20:27cri
Share with:

चालु वर्षको १२ औं नम्बर आँधी बेहरी मै ह्वाको प्रतिरोधका लागि चीनको चच्याङ प्रान्तको आँधी बेहरी प्रतिरोधात्मक निर्देशनालयले १३ तारिख बिहान १० बजेदेखि आँधी बेहरीको आपतकालीन प्रतिरोधात्मक स्तरलाई थप दोस्रो श्रेणीमा उकासेको छ। साथै चच्याङ प्रान्तका विभिन्न स्थानका सम्बद्ध विभागहरूले पूर्वजानकारीलाई सबल पार्नुका साथै सम्बद्ध क्षेत्रलाई बन्द गर्ने कदमलाई गम्भीरताका साथ लागू गरी बासिन्दाहरूको स्थानान्तरण कार्यलाई राम्रोसँग व्यवहारमा उतारेर प्रकोप उद्धारका विविध तयारी कार्य गरिरहेका छन्।

 

जलवायु विभागको विश्लेषणका अनुसार, मै ह्वा भन्ने आँधी बेहरी १३ तारिख सबेरै ६ बजेतिर चच्याङ प्रान्तको स्याङ शान जिल्लाको दक्षिणी पट्टी झण्डै ४९० किलोमिटरको समुद्री सतहबाट प्रतिघण्टा १०-१५ किमीको गतिद्वारा उत्तरी दिशातर्फ बहिरहेको छ। सो आँधी बेहरी १४ तारिख बेलुकी अथवा राति चच्याङ प्रान्तको निङ पो र चौ शान शहर वरपरको समुद्री क्षेत्रमा अवतरण गर्ने सम्भावना रहेको छ।