शरद ऋतुमा ८ वटा हिमाल चढ्न ४२९ जनाले लिए अनुमति
2022-09-13 19:19:09cri
Share with:

शरद ऋतुमा विभिन्न ८ वटा हिमाल चढ्न ४४ समूहका ४२९ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सोमबारसम्म १०४ जना महिलासहित ४२९ जनाले यस सिजनका लागि आरोहण अनुमति लिएका हुन् ।

 

यो सिजनका लागि सबैभन्दा धेरै माउण्ट मनास्लु (८१६३ मि) का लागि ३५ समूहका ३८३ जनाले अनुमति लिएका छन् । जसमा महिला मात्र ९१ जनाको अनुमति जारी भएको छ । सगरमाथाका लागि एक समूहका ४ जनाले मात्र अनुमति लिएका छन् । बढी हिउँ पर्ने भएकाले शरद ऋतुमा सगरमाथा आरोहणका लागि भने उपयुक्त सिजन मानिदैन ।

 

यो सिजन कुल ५९ वटा मुलुकका नागरिकले अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिकाबाट ४८ जनाले अनुमति लिइसकेका छन् । भारतबाट २९, इरानबाट २५, फ्रान्सबाट २३, स्पेनबाट २० जनाले अनुमति लिएको विभागले जनाएको छ । यी आरोहण अनुमतिबाट यो सिजनमा मात्र नेपालले ५ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । गोरखापत्र।