राष्ट्रिय कम्युटर भाइरस आपतकालीन केन्द्रद्वारा “अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको नेटवर्क हतियार साकसनचार (suctionchar)को विश्लेषण प्रतिवेदन” सार्वजनिक
2022-09-13 19:21:25cri
Share with:

चीनको राष्ट्रिय कम्युटर भाइरस आपतकालीन केन्द्रले आज “अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको नेटवर्क हतियार साकसनचारको विश्लेषण प्रतिवेदन” सार्वजनिक गरेको छ। राष्ट्रिय कम्युटर भाइरस आपतकालीन केन्द्रले उत्तर-पश्चिम उद्योग विश्वविद्यालयमाथि विदेशको नेटवर्क हतियारबाट आक्रमण गरिएको घटनालाई छानबीन गर्ने क्रममा यस विश्वविद्यालयको नेटवर्क सर्भरमा (server)अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको विशेष नेटवर्क हतियार साकसनचार फेला पारेको हो।

 

छानबिन अघि बढिरहेको सिलसिलामा राष्ट्रिय कम्युटर भाइरस आपतकालीन केन्द्रको प्रविधि टोलीले उत्तर-पश्चिम उद्योग विश्वविद्यालयका अतिरिक्त अरु संस्थाहरुको नेटवर्कमाथि साकसनचारले आक्रमण गरेको संकेत फेला पारेको छ, जसबाट अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले साकसनचारमार्फत चीनको नेटवर्कमाथि ठूलो पैमानामा आक्रमण गरेको देखिन्छ।