अमेरिकीले चीनको नेटवर्कमाथिको द्वेषपूर्ण आक्रमण तुरुन्तै रोकेर उत्तरदायी व्याख्या गर्नुपर्ने परराष्ट्र मन्त्रालयको भनाई
2022-09-13 19:26:05cri
Share with:

चीनको सम्बन्धित संस्थाले सेप्टेम्बर १३ तारिख अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले उत्तर-पश्चिम विश्वविद्यालयमाथि नेटवर्क हतियारमार्फत आक्रमण गरेको घटनाबारे प्राविधिक विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ। यसबारे चर्चा गर्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले सो प्रतिवेदनमा अरु बढी ठोस विषय र प्रमाण चुहिएको औंल्याउनुभयो।

 

प्रवक्ता माउले अमेरिकाको उक्त गतिविधिले चीनको सम्बन्धित संस्थाको प्राविधिक गोप्यताको गम्भीर उल्लंघन गरेको छ भन्दै अमेरिकाको सम्बन्धित गतिविधि तुरुन्तै रोकेर उत्तरदायी व्याख्या गर्नुपर्ने कुरामा जोड दिनुभयो।