राष्ट्राध्यक्ष सीको विदेश भ्रमण चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनअघि राष्ट्रनायकको एउटा सबैभन्दा महत्वपूर्ण कूटनीतिक गतिविधि
2022-09-13 19:25:33cri
Share with:

परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले आज परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शाङहाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुनुका साथै काजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्नुहुने विषयबारे जानकारी दिनुभएको छ। प्रवक्ता माउले यस पटकको भ्रमण चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनअघि राष्ट्रनायकको एउटा सबैभन्दा महत्वपूर्ण कूटनीतिक गतिविधि हो भन्दै शाङहाई सहयोग संगठन तथा चीन- काजाकिस्तान सम्बन्ध, चीन- उज्वेकिस्तान सम्बन्धप्रति चीनको उच्च महत्व रहेको अभिव्यक्त गरेको बताउनुभयो।

 

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ सेप्टेम्बर १४ तारिखदेखि १६ तारिखसम्म सामारकान्दमा आयोजना हुने शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुका राष्ट्रनायक स्तरीय समितिको २२ औं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। यसका साथै काजाकिस्तानका राष्ट्रपति कासिम टोकायेभ  र उज्वेकिस्तानका राष्ट्रपति शाभकाट मिर्जियोयेभको निम्तोमा यी दुई मुलुकको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ।