आतंकवादको प्रतिरोधका नाममा अमेरिकाद्वारा विदेशका लागि अस्थिरता र लुटपाटको निर्यात
2022-09-14 18:21:11cri
Share with:

आइतबार अमेरिकाका लागि सेप्टेम्बर ११ को २१औँ वर्षगाँठ हो। यो शोकका बीच पछिल्लो २१ वर्षमा अमेरिकाले युद्धको नाममा अन्य देशमा गरेको प्रतिआतंकवादी गतिविधि र प्रजातन्त्रको निर्यात जस्ता गतिविधिका कारण विश्वव्यापी अवस्थामा नै जटिलता थपेको छ।

 

प्रतिआतंकवादी ब्यानरमा विगत दुई दशकमा अमेरिकाले मध्यपूर्वमा असफल प्रजातान्तिक निर्यात गर्न खोजेको छ भने आतंकवाद रोकिएन बरू अतिवादी राजनीतिक तथा सामाजिक स्थिति विकास भएको देखिन्छ।

 

अमेरिका सैन्य युद्धमा मात्र सहभागी छैन तर अधिनायकवाद लाद्न खोज्नेजस्तो हास्यास्पद गतिविधिमा लागेको छ। सेप्टेम्बर ११ को हमलालाई अमेरिकाले तथाकथित विश्वव्यापी आतंकवादविरोधी युद्ध त भन्छ। आफू सुरक्षित हुने नाउँमा इराक र अफगानिस्तानजस्ता भूमिमा तनाव सिर्जना गर्छ।

 

आतंकवादी विरोधको नाममा अमेरिका कुनै पनि देशमा छिर्छ तर त्यहाँबाट जे जति हुनसक्छ लुटेर मात्रै फर्किने प्रयास गर्छ भन्ने आसयको लेख ग्लोबल टाइम्समा लु सुएद्वारा लेखिएको छ।