कोभिड-१९ भन्दा अमेरिकी स्वास्थ्य सेवालाई जोगाउनु चाहिँ प्राकृतिक विपत्ति निवारणभन्दा पनि खराब हुने।
2022-09-14 18:20:29cri
Share with:

पछिल्लो समयमा अमेरिकामा स्वास्थ्य सुरक्षाको विषय निकै चर्को भएको छ। आफ्नो सबै प्रणाली राम्रो भएको दावी गर्ने अमेरिकी अधिकारी नै स्वास्थ्य क्षेत्रमा थुप्रै कमीकमजोरी रहेको स्वीकार्न थालेका छन्।

 

अमेरिकी मेडिकल प्रणालीले पहुँच र गुणस्तरको अभाव झेल्नुपरेको छ भने म्याद गुज्रिएको प्रविधि र खर्चै गर्न नसकिने अवस्थाले पीडित हुन पुगेको छ। लेखक रोबर्ट पर्लले अघिल्लो महिना पनि लेखेका थिए, ‘यो असफलताले नै आँधी ल्याउने बाटो रोजिरहेको छ।’

 

पछिल्लो पटक लेखक रोबर्टले फोर्ब्स अनलाइनमा यसै विषयमा कलम चलाएका छन्। उनले कोभिड-१९ महामारीभन्दा अमेरिकी स्वास्थ्य प्रणालीलाई जोगाउनु कुनै विपत्तिबाट छुटकारा पाउनुभन्दा पनि अफ्ठ्यारो हुने विषय उजागर गरेका छन्।