राष्ट्राध्यक्ष सी चिनफिङद्वारा महामारीयता आफ्नो पहिलो विदेश भ्रमणबारे चर्चा
2022-09-14 20:47:04cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १४ तारिख कजाकिस्तानको राजधानी नुर्सुल्तानमा कजाकिस्तानी राष्ट्रपति कासिम टोकायेभसँग भेट वार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले नयाँ कोरोना महामारी देखा परेयता आफ्नो पहिलो विदेशी भ्रमणको अवसरमा कजाकिस्तानको छनोट गरेको कुराबाट चीन कजाकिस्तान सम्बन्धको उच्च स्तर र विशेषता देखाइनुका साथै दुवै देश बीचको गहिरो मित्रता र भावना पनि प्रतिबिम्बित गरिएको औंल्याउनुभएको छ।

 

“अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तित भए तापनि चीनले दृढताका साथ देशको स्वतन्त्रता, सार्वभौमिकता र भूखण्डको अविच्छिन्नताको संरक्षण गर्न कजाकिस्तानलाई समर्थन गर्दै जानेछ।” उहाँले भन्नुभयो: “चीन सधैं नै कजाकिस्तानको विश्वासिलो र भरपर्दो मित्र र साझदार रहिरहने छ।”