शाङहाई सहयोग संगठनद्वारा सशक्त आकर्षित शक्तिलाई देखाइने
2022-09-14 18:17:49cri
Share with:

शाङहाई सहयोग संगठनको सदस्य मुलुकका राष्ट्रनायक परिषद्को २२ औं सम्मेलन सेप्टेम्बर १५ देखि १६ तारिखसम्म उज्वेकिस्तानको प्राचीन शहर सामार्काण्डमा आयोजना गरिनेछ। त्यो नयाँ कोरोना महामारी देखा परेयता शाङहाई सहयोग संगठनका सदस्य मुलुकका नेताहरूले पहिलो पल्ट आमनेसामने भएर विचार विमर्श गर्नुहुनेछ। वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा यस शिखर सम्मेलन शाङहाई सहयोग संगठनको भावी विकासलाई अघि बढाइने एक महत्वपूर्ण कोसेढुङगा बन्नेछ।

 

सो शिखर सम्मेलनमा शाङहाई सहयोग संगठनले दोस्रो पटक सदस्य परिधिको विस्तार गर्नेछ। त्यो यस शिखर सम्मेलनको एक ध्यानाकर्षणको विषय पनि हो। शाङहाई सहयोग संगठनका महासचिव चाङ मिङका अनुसार, सम्मेलनमा इरानलाई औपचारिक सदस्यको रूपमा मान्यता दिइनु बाहेक बेलारूसले शाङहाई सहयोग संगठनमा संलग्न हुन पेश गरेको निवेदनबारे पनि छलफल गरिनेछ।

 

बितेका केही वर्षयता शाङहाई सहयोग संगठनले यथावत् रूपमा शाङहाई भावनालाई अक्षरश: पालना गरेकाले त्यस भावना अधिकांश मुलुक विशेषत: विकासोन्मुख मुलुकका लागि सशक्त आकर्षिक शक्ति रहेको छ।