राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कजाकिस्तानी सञ्चार माध्यममा नाम सहित लेख प्रकाशित
2022-09-14 08:48:20cri
Share with:

कजाकिस्तानका राष्ट्रपति कासिम टोकायेभको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गणतन्त्र कजाकिस्तानको राजकीय भ्रमण गर्नुअघि कजाकिस्तानी प्राभ्दा अखबारमा आफ्नो नाम सहित चीन कजाकिस्तान सम्बन्धलाई अझ विकसित पार्दै जाने शीर्षकको लेख प्रकाशित गर्नुभएको छ।

 

लेखमा भनिएको छ: चालु वर्ष चीन र कजाकिस्तानको दौत्य सम्बन्ध कायम भएको ३० औं वार्षिकोत्सव भएकाले दुइ देश बीचको आवतजावत दिनप्रति दिन घनिष्ट हुनुका साथै सँगै मिलेर एउटा असामान्य बाटो हिँडेको छ।

 

लेखमा राष्ट्राध्यक्ष सीले चीन कजाकिस्तान सम्बन्धलाई सबल पार्ने ४ बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। पहिलो, असल छिमेकीपन तथा मैत्रीपूर्ण सम्बन्धलाई निरन्तर रूपमा विकसित पार्दै जाने। दोस्रो, निरन्तर रूपमा आपसी हितयुक्त सहकार्यलाई गहन पार्दै जाने। तेस्रो, दृढताका साथ साझा सुरक्षाको संरक्षण गर्दै जाने र चौथो, सम्पूर्ण रूपमा अन्तर्राष्ट्रिय समझदारी र सहयोगलाई मजबुत पार्दै जाने भन्ने रहेको छ।