मानव जाति अन्तरिक्षको अन्वेषणका लागि चीनद्वारा नयाँ अवसर प्रदान
2022-09-14 18:46:49cri
Share with:

लाओसको जन क्रान्तिकारी पार्टीको “जन समाचार पत्र”का पूर्व प्रधान सम्पादक, प्रमुख द्वाङचिट साभाथबोनमीले सेप्टेम्बर १४ तारिख लाओसको राष्ट्रिय समाचार समिति लाओ समाचार समितिमा “मानव जातिअन्तरिक्षको अन्वेषका लागि चीनद्वारा नयाँ अवसर प्रदान” शीर्षकमा टिप्पणी लेख प्रकाशित गर्दै चीनको अन्तरिक्ष कार्यको विकासमा हासिल उपलव्धि र सक्रिय अन्तर्राष्ट्रिय सहयोगमार्फत चीनले मानव जाति अन्तरिक्षको अन्वेषका लागि गरेको योगदानको प्रशंसा गर्नुभएको छ।

 

सो लेखका अनुसार, भर्खरै बितिसकेको चीनको परम्परागत पर्व मध्य शरद पर्वमा शन चौ १४ औं नम्बर अन्तरिक्ष यानका तीन जना अन्तरिक्ष यात्रीले “थ्यान कोङ” अन्तरिक्ष स्टेशनमा मध्य शरद पर्व मनाउँदै भिडियोमार्फत विश्वलाई अरु उज्यालो चन्द्रमा देखाएका छन्। यस महिनाको प्रारम्भमा तिनीहरुले पहिलो पटक कक्षबाट सफलताका साथ निस्के। जसबाट सम्पूर्ण विश्वले चीनको अन्तरिक्ष कार्यमा हासिल विशाल उपलव्धि देखेको छ।

 

इतिहासमा अन्तरिक्ष स्टेशन संयुक्त राष्ट्र संघका सदस्य मुलुकहरुका लागि खुला भएको पहिलो चाहिँ चिनियाँ अन्तरिक्ष स्टेशन हो।