राष्ट्राध्यक्ष सी चिन फिङद्वारा ताजकिस्तानका राष्ट्रपति राहमोनसँग भेटघाट
2022-09-15 19:09:21cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले स्थानीय समय सेप्टेम्बर १५ तारिख विहान सामारकान्दको राष्ट्रिय होटेलमा ताजकिस्तानका राष्ट्रपति एमोमालि राहमोनसँग भेटघाट गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले चीन र ताजकिस्तान बीचको दौत्य सम्बन्धको स्थापना भएको ३० वर्षयता दुई मुलुक बीचको सम्बन्धमा फड्को मार्ने विकास हुँदै आएको भन्दै ताजकिस्तानले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र सुरक्षाको समर्थन चीनले दृढताका साथ गरेको ‌औंल्याउनुभयो। ताजकिस्तानका लागि चीन स्थायी रुपमा विश्वासिलो र भरपर्दो छिमेकी, साथी र साझेदार हो। हाल अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्थितिमा गहन तथा जटिल परिवर्तन हुँदै आएको पृष्ठभूमिमा चीन र ताजकिस्तानले आपसी दृढ समर्थन कायम राखेर चीन-ताजकिस्तान सम्बन्धमा अरु बढी वास्तविक उपलव्धि हासिल गर्न प्रयास गर्नुपर्ने कुरा पनि उहाँले बताउनुभयो।

 

प्रत्युत्तरमा ताजकिस्तानका राष्ट्रपति एमोमालि राहमोनले चालू वर्ष ताजकिस्तान-चीन सम्बन्धको स्थापना भएको ३०औं वार्षिकोत्सव हो भन्दै विगत ३० वर्षयता ताजकिस्तान-चीन सम्बन्धमा ठूलो विकास भएको प्रकट गर्नुभयो। ताजकिस्तानले अटलताका साथ एक मात्र चीनको नीतिको पालना गर्दै थाइवान चीनको अविभाज्य भाग रहेको ठहर गर्दै आएको छ भन्दै केन्द्रीय हित मामिलामा चीनको अडान निरन्तर रुपमा समर्थन दिने पनि उहाँले बताउनुभयो।