सन् २०२२ आशियान मिडिया साझेदार मञ्च क्वाङसीमा
2022-09-15 16:27:00CRI
Share with:

सेप्टेम्बर १५ तारिख चाइना मिडिया ग्रुप (सीएमजी) र क्वाङसी च्वाङ जातीय स्वायत्त प्रदेश सरकारद्वारा योजित सन् २०२२ शियान मिडिया साझेदार मञ्च क्वाङसीको नाननिङ शहरमा सुरू भएको छ। 

१७ वटा मुलुकका ७०भन्दा बढी मिडिया तथा एकाइका लगभग १८० जना चिनियाँ तथा विदेशी अतिथिले अनलाइन र अफलाइन तरिकामार्फत सहभागी भएका छन्।

 

सो अवसरमा क्वाङसी च्वाङ जातीय स्वायत्त प्रदेश सरकारका अध्यक्ष लान थेनलीले विभिन्न मुलुकका मिडियासँग मिलेर चीन-शियान सहयोग प्रणालीको रचना तथा नीति जोड्न सहयोग गर्ने इच्छा लिएको बताउनुभयो। 

सीएमजीका उप निर्देशक येन स्याउमिङले सीएमजीले शियान मिडियासँग मिलेर सीएमजीको अन्तर्राष्ट्रिय प्रचार प्रवृत्तिको धारमा सह-निर्माण, दानप्रदान, साझा जीत सहयोगला बढाउने इच्छा लिएको व्यक्त गर्नुभयो।

 

साथै सीएमजी मातहत एशिया तथा अफ्रिका केन्द्रका प्रमुख न स्याउयुलगायतका अतिथिहरूले पनि सम्बोधन गर्नुभएको थियो।