शन चौ-१४ अन्तरिक्ष यात्रुहरूद्वारा सीएमजीमार्फत विश्वका किशोर किशोरीलाई चिनियाँ अन्तरिक्ष स्टेशनमा अवोलकनका लागि निमन्त्रणा
2022-09-15 19:10:11cri
Share with:

चिनियाँ अन्तरिक्ष स्टेशनमा कार्यभार वहन गरिरहेका शन चौ-१४ अन्तरिक्ष यानका ३ जना यात्रुले १५ तारिख चाइना मिडिया ग्रुपमार्फत भिडियोद्वारा “संयुक्त रुपमा अन्तरिक्षको सपना बनाऔं” चित्र रचनाको संकलन र “अन्तरिक्ष सम्बन्धी प्रश्नहरु” अन्तर्क्रिया कार्यक्रममा सहभागी चिनियाँ र विदेशी किशोर किशोरीलाई शुभकामना पठाएका छन्।

 

चिनियाँ र विदेशी किशोर किशोरीका चित्रहरू देख्दा अन्तरिक्ष यात्रु श्रीमती लिउ याङ यसरी भन्नुहुन्छ: ती चित्रहरूबाट हामीले अन्तरिक्षप्रति तपाईंहरूका चासो र अभिलाषा देखेका छौं। तीमध्ये चराजस्तै वायु मण्डलमा उड्ने आशा गरेको, राखेको वायु मण्डलमा यात्रा गर्ने इच्छा, अर्को स्टारमा विभिन्न रङगका किशोर किशोरीसँग खेलेको चित्र रहेका छन्।

यसबाहेक कुनै केटाले हामी ३ जना अन्तरिक्ष यात्रुले शन चौ-१४ अन्तरिक्ष यान चढेर वायु मण्डलमा पुगेको दृश्य पनि कोरेका छन्। सबैले निकै राम्रोसँग कोरेका छन्!

 

अन्तरिक्ष यात्रु छाई श्वी चले किशोर किशोरीहरूका चासो भएका प्रश्नहरूको जवाफ दिनुभएको छ। उहाँ यसरी भन्नुहुन्छ: वायु मण्डलमा हाम्रो जीवनबारे सबैलाई चाख लागेको देखिन्छ। अन्तरिक्ष स्टेशनमा बस्दाखेरी हामीले भूईंमा बसेको जस्तै काम गर्ने र आराम गर्ने गरेका छौं। वायु मण्डलको विशेष वतावरणले हामीलाई अनौठो अनुभव पनि ल्याएको छ। गत जुलाई महिनामा प्रक्षेपण गरिएको वन थेन प्रयोगशाला मोड्यूलबाट वायु मण्डलमा निर्माण गरिएको हाम्रो घर अझै ठूलो र फराकिलो देखिन्छ। अब उपरान्त मङ थेन प्रयोग मोड्यूलको प्रक्षेपण गर्ने योजना रहेको छ। यसबाहेक, चालु वर्षको अन्त्यमा अन्य तीनजना चिनियाँ अन्तरिक्ष यात्रुले शन चौ १५ औं अन्तरिक्ष यान चढेर यहाँ पुगी हामीसँग भेट्ने कार्यक्रम रहेको छ। त्यति बेला चिनियाँ अन्तरिक्ष स्टेशनमा ६ जना रहेकाले अझ रमाइलो हुनेछ।

 

३ जना अन्तरिक्ष यात्रुले विश्वका किशोर किशोरीसमक्ष चिनियाँ अन्तरिक्ष स्टेशनमा अवोलकन गर्ने निमन्त्रणा पनि दिएका छन्।