राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शाङ्हाई सहयोग संगठनका सदस्य मुलुकहरुका राष्ट्रनायकस्तरीय परिषदको बाइसौं सम्मेलनको सानो परिधिभित्र वार्तामा सहभागी
2022-09-16 18:53:23cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ स्थानीय समय अनुसार सेप्टेम्बर १६ तारिख सामारकान्द अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शाङ्हाई सहयोग संगठनका सदस्य मुलुकहरुका राष्ट्रनायकस्तरीय परिषदको बाइसौं सम्मेलनको ‘साइड लाइन’ वार्ता अर्थात् सानो परिधि वार्तामा सहभागी हुनुभएको छ।

 

उज्वेकिस्तानका राष्ट्रपति शाभकाट मिरजियोयेभले सो सम्मेलनको अध्यक्षता गर्नुभयो। शाङ्हाई सहयोग संगठनका सदस्य मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, कजाकिस्तानका राष्ट्रपति कासिम टोकायेभ, किर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभ, ताजकिस्तानका राष्ट्रपति एमोमालि राहमोन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शाहबाज शरिफ सो सम्मेलनमा सहभागी हुनुभयो। उहाँहरुले शाङ्हाई सहयोग संगठनको विकास र क्षेत्रीय राजनीतिक तथा आर्थिक स्थिति सम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलाहरुबारे वैचारिक आदान-प्रदान गर्नुभयो।

 

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले शाङ्हाई सहयोग संगठनको वर्तमान अध्यक्ष मुलुकको रुपमा उज्बेकिस्तानले सामारकान्द शिखर सम्मेलन लगायत कार्यक्रमहरुको तयारी र यस संगठनको विकासलाई अघि बढाउने पक्षमा गरेको सक्रिय प्रयास र पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्नुभयो।

 

शाङ्हाई सहयोग संगठन स्थापना भएको २० वर्षभन्दा बढी समयदेखि त्यसले “शाङ्हाई भावना” भन्ने झण्डा उठाएर नयाँ अन्तर्राष्ट्रिय संगठनको विकास हुने बाटो सफलताका साथ फेला पारेको राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो।

 

आपसी राजनीतिक विश्वास गर्नुपर्छ। सदस्य मुलुकहरुले युगौं युगसम्म आपसी मैत्री र स्थायी शान्ति सम्बन्धी अवधारणा लिएर आपसी केन्द्रीय हित र छान्ने बाटोको सम्मान गर्नुपर्छ। आपसी हित र सहयोग गर्नुपर्छ। आपसी हितलाई वास्ता गरी संयुक्त परामर्श, संयुक्त निर्माण र संयुक्त उपभोग गर्ने सिद्धान्त कायम राख्नुपर्छ। आपसी हित,साझा जीत, साझा समृद्धि हुने बाटोमा स्थायी रुपमा हिंड्नुपर्छ। अरु देशलाई समान रुपमा व्यवहार गर्नुपर्छ। ठूलो देश वा सानो देश होस्, एकमतका लागि परामर्श गर्ने सिद्धान्तको पालना गर्नुपर्छ। शक्तिशाली मुलुकले कम्जोर मुलुकलाई अपमान गर्नुहुँदैन। खुला र समावेशिता कायम राख्नुपर्छ। विभिन्न मुलुक, विभिन्न जाति र विभिन्न संस्कृतिबीच मेलमिलाप र सहअस्तित्व हुनुपर्छ र एक-अर्काबाट सिक्नुपर्छ। समान आदर्श भएका मुलुक र अरु बढी अन्तर्राष्ट्रिय संगठनहरुसँग साझेदारी सम्बन्धको स्थापना गर्न र आपसी हितयुक्त सहयोगको विकास गर्न शाङ्हाई सहयोग संगठन इच्छुक रहेको राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभयो।

 

राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयो, ‘वर्तमान विश्व त्यति शान्त छैन। एकता र पृथकता, सहयोग र प्रतिद्वन्दिता जस्ता दुई किसिमका प्रतिस्पर्धा दिनप्रति दिन बढ्दै आएको देखिन्छ। यस्तो अवस्थाले विश्व शान्ति र स्थिरतामा त्रास धम्की दिनुका साथै यसै क्षेत्रको दीर्घकालीन विकासका लागि हितकर पनि हुने छैन। जटिल परिस्थितिको सामना गर्दा हामीले यसै संगठनको विकासको दिशालाई निश्चित गरी विभिन्न क्षेत्रमा रहेका सहयोगलाई गहन पार्नुका साथै निरन्तर रूपमा विभिन्न सदस्य मुलुकको विकास र पुनरूत्थानका लागि सकारात्मक वातावरणको सिर्जना गर्दै जाने छौं।’

 

उहाँले मुख्यत: चार पक्षीय कार्यलाई अघि बढाउने प्रस्ताव प्रस्तुत गर्नुभयो।

पहिलो, शाङहाई भावनाको प्रचार प्रसारलाई कायम राख्नुका साथै एकतावद्ध सहकार्यलाई सुदृढ पार्नुपर्छ। निरन्तर रूपमा आपसी केन्द्रीय हित कल्याण र महत्वपूर्ण चासो भएका विषयमा एकले अर्कालाई समर्थन गर्नुपर्छ। एक आपसमा विकास र पुनरूत्थान हुने अटल समर्थन बन्नुपर्छ।

 

दोस्रो, रणनीतिक आत्मालाई कायम राख्नुका साथै क्षेत्रीय स्थिरताको संरक्षण गर्नुपर्छ। साथै साझा, मैत्रीपूर्ण, सहयोगात्मक र दिगोपनको सुरक्षित दृष्टिकोणको स्थापना गर्नुका साथै प्रतिद्वन्दिता मच्चाउने र क्षेत्रीय स्थिरतालाई ध्वस्त पारिने सबै कुचेष्टाको प्रतिरोध गर्नुपर्छ। यसै संगठनको कानुनी कार्यान्वयन सुरक्षा र सहकार्यको स्तरलाई उकासेर आतंकवादी र उग्रवादी शक्तिद्वारा क्षेत्रीय सुरक्षालाई ध्वस्त पार्न दिनुहुँदैन। 

 

तेस्रो, सहिष्णुतालाई कायम राख्नुका साथै विकास र सहयोगलाई प्रवर्द्धन गर्नुपर्छ। सक्रियताका साथ व्यापार र लगानीको स्वतन्त्रता र सहजीकरणलाई अघि बढाउनुका साथै व्यावसायिक लाइन र आपूर्ति लाइनको स्थिरता र सुविधालाई प्रत्याभूति दिनुपर्छ। बेल्ट एण्ड रोड प्रस्ताव र विभिन्न मुलुकका विकास रणनीति तथा अन्य क्षेत्रीय एकरूपता प्रस्तावसँगै जोडिदिने कार्यलाई सबल पारी विभिन्न मुलुकको आर्थिक वृद्धि जिवन्त शक्तिलाई तेज पार्नुपर्छ।

 

चौथो, सदस्यको परिधिलाई बढाउने प्रक्रियालाई अघि बढाउनुका साथै संगठनको व्यवस्था निर्माणलाई पूर्णता दिलाउनुपर्छ। झन् झन् बढी मुलुकले शाङहाई सहयोग संगठनमा संलग्न हुने निवेदन दिएको कुराबाट यस संगठनको सहयोगात्मक विचारधाराले जनताको चित्त बुझेको प्रतिबिम्बित गरिएको छ। त्यसैगरी सुअवसरको सदुपयोग गर्दै अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायिक संरक्षणको जीवन्त शक्तिलाई बलियो पार्नुपर्छ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन शुरू हुन लागेकाले अर्को चरणमा चीनको विकास गुरूयोजनाको पनि तर्जुमा गरिनेछ।  अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तित भए तापनि चीनले सधैं नै शान्तिपूर्ण विकास, खुलापन, सहयोगात्मक विकास र साझा विकासलाई कायम राख्नुका साथै शाङहाई सहयोग संगठनलाई कूटनीतिको अग्र दिशालाई व्यवहारमा ल्याएर आफ्नो सक्दो प्रयासमार्फत विभिन्न मुलुकका जनताका लागि अझ बढी हितकल्यणको सिर्जना गर्दै जाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।