परराष्ट्र मन्त्री वाङ यीद्वारा राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणको उपलव्धिबारे जानकारी
2022-09-17 19:14:11cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ स्थानीय समय सेप्टेम्बर १४ तारिखदेखि १६ तारिखसम्म सामारकान्दमा आयोजित शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुका राष्ट्रनायक स्तरीय परिषदको बाइसौं सम्मेलनमा सहभागी हुँदै कजाकिस्तान र उज्वेकिस्तानको राजकीय भ्रमण गर्नुभएको छ। उहाँको भ्रमण सम्पन्न भएपछि राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले सो भ्रमणको उपलव्धिबारे जानकारी दिनुभएको छ।

 

वाङ यीले कोरोना महामारी देखापरेपछि चिनियाँ राष्ट्राध्यक्ष सीले विदेशको भ्रमण गर्नुभएको यो पहिलो पटक हो भन्दै इतिहासको निर्णायक मोडमा सो भ्रमण कोसेढुंगाको अर्थ रहेको महत्वपूर्ण भ्रमण हो, भन्नुभयो। राष्ट्राध्यक्ष सीले कोरोना महामारीपछि गर्नुभएको पहिलो भ्रमणका लागि मध्य एसियालाई छान्नुले महत्वपूर्ण रणनीतिक अर्थ राख्ने अन्तर्राष्ट्रिय जनमतले ठहर गर्दै सो भ्रमणले राष्ट्राध्यक्ष सीको शक्तिशाली आत्म-विश्वास तथा असामान्य असर र विश्वमा चीनको स्थान र असर अझ मजबुत हुँदै आएको अभिव्यक्त गरेको उल्लेख गरेको वाङ यीले चर्चा गर्नुभयो।