परराष्ट्र मन्त्री वाङ यी ७७ औं संयुक्त राष्ट्र महासभाको सामान्य बहस र सम्बद्ध उच्चस्तरीय गतिविधिमा सहभागी हुनुहुने
2022-09-17 19:29:41cri
Share with:

 

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी सेप्टेम्बर १८ देखि २५ तारिखसम्म ७७ औं संयुक्त राष्ट्र महासभाको सामान्य बहसमा सहभागी हुनुहुने छ।

 

त्यस अवधिमा मन्त्री वाङ यीले विश्व विकास प्रस्तावका मित्र टोली शीर्षकको मन्त्रीस्तरीय सम्मेलनको अध्यक्षता गर्नुबाहेक, ब्रिक्स मुलुकका परराष्ट्र मन्त्रीको संयुक्त राष्ट्र संघको भेटवार्ता, चीन-ल्याटिन अमेरिका र क्यारेबियन मुलुकको समुदायका परराष्ट्र मन्त्रीको संवार्ता, सामूहिक रूपमा खाडी अरबियन मुलुक सहयोग परिषद्को भेटघाटमा सहभागिता जनाउनुहुनेछ।

 

त्यसका अतिरिक्त उहाँले संयुक्त राष्ट्र संघका महासचिव, ७७ औं संयुक्त राष्ट्र महासभाका अध्यक्ष एवम् केही मुलुकका प्रतिनिधि मण्डलका प्रमुख अथवा परराष्ट्र मन्त्रीसँग द्वीपक्षीय वार्ता पनि गर्नुहुने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले १७ तारिख जानकारी दिनुभएको छ।