पर्यटन विकाससँगै हात्ती संरक्षण गर्न विज्ञको सुझाव
2022-09-18 17:00:19cri
Share with:

पर्यटन विकाससँगै हात्ती संरक्षण गर्न विज्ञले सुझाव दिएका छन्। पर्यटन प्रवर्द्धनका गतिविधि सञ्‍चालन गर्दा हात्ती संरक्षणको सचेतनालाई पनि सँगै लैजानुपर्नेमा विज्ञको सुझाव छ।

 

थाइल्यान्डकी हात्ती संरक्षणविद् तथा सेभ द एलिफेन्ट फाउन्डेशनकी संस्थापक साङ्दुएन लेक चाइलर्टले पर्यटन प्रवर्द्धनसँगै वन्यजन्तु संरक्षण र पर्यावरण जोगाउनेबारे आवश्यक सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो।

 

हात्ती सरंक्षणका क्षेत्रमा भएको कार्यकोबारेमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित छलफलमा संरक्षणविद् चाइलर्टले पर्यटनमा हात्तीको प्रयोग, यसबाट उनीहरुमा पर्न जाने असर तथा त्यसको संरक्षणसहित कसरी पर्यटनलाई अगाडि बढाउन सकिन्छ भन्‍नेबारेमा आफ्नो अनुभव बताएका हिमालप्रेस अनलाइनले जनाएको छ।

 

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले चाइलर्टले संरक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै उहाँको अनुभवबाट नेपालले पनि धेरै सिक्न सक्ने उल्लेख गर्नुभयो।