प्राकृतिक स्रोत विभागः चीनद्वारा गहन रूपमा अन्तर्राष्ट्रिय सहयोगमा भाग लिएर, विश्वको पर्यावरणीय वातावरणलाई अघि बढाउने
2022-09-19 15:22:45cri
Share with:

सेप्टम्बर १९ तारिख बिहान १० बजे चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभागले चीनमा दश वर्ष यता शीर्षकको प्रेस सम्मेलनको आयोजना गरेको छ। सो सम्मेलनमा चीनको प्राकृतिक स्रोत विभागका जिम्मेवार व्यक्तिले चीनको प्राकृतिक स्रोतको विकास र उपलब्धिबारे जानकारी दिएका छन्। 

दश वर्ष यता, चीनले अन्तर्राष्ट्रिय सहयोगमा गहन रूपमा भाग लिएर विश्व प्राकृतिक स्रोत तथा पर्यावरणीय संरक्षणको प्रणालीलाई बढाएर विश्व पर्यावरणीय सभ्यताको निर्माण र पृथ्वी जीवन भाग्य एकरूपताको स्थापना गर्न बुद्धि र शक्तिमार्फत् योगदान गरिरहेको छ। चीनले सक्रिय रूपमा नीलो साझेदारी सम्बन्धको विकास गर्दै ५० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग समुद्री सहयोग सम्बन्धको स्थापना गरेर दक्षिण चीन महासागर वरिपरिका मुलुकहरूसमक्ष सुनामी पूर्व चेतावनी दिने सेवा प्रदान गरिरहेको छ। संयुक्त राष्ट्र संघले चीनमा विश्व भौगोलिक सूचनाको ज्ञान र सिर्जना केन्द्रको स्थापना गरेकोमा चीनले समर्थन दिनुका साथै संयुक्त राष्ट्र संघलाई सम्बन्धित् तथ्याङ्क साझा गरेको छ।