नेपाली प्रधानमन्त्रीलाई चिनियाँ प्रधानमन्त्रीको शुभकामना सन्देश
2022-09-20 11:21:05CRI
Share with:

सेप्टेम्बर २० तारिख चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल राष्ट्रिय दिवसको शुभकामना सन्देश पठाउनुभएको छ। 

सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले भन्नुभएको छ- चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन्। आपसी सम्बन्ध स्वस्थ र स्थिर रूपमा अघि बढिरहेको छ। संयुक्त रूपमा बेल्ट एण्ड रोडको निर्माण गर्दै दुवै पक्षले विभिन्न क्षेत्रमा भएका आदानप्रदान तथा सहयोगको सक्रिय विस्तार गरिरहेका छौँ। सम्मानीय नेपाली प्रधानमन्त्रीज्यूसँगै मिलेर दुई देशको विकास रणनीतिलाई गहन रूपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश तथा दुई देशका जनताको अझ बढी हित कल्याण सिर्जना गर्दै जाने मेरो इच्छा छ।