चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङयीद्वारा नेपाली विदेशी मन्त्री खड्कालाई राष्ट्रिय दिवसको शुभकामना
2022-09-20 11:16:36cri
Share with:

आज सेप्टेम्बर २० तारिख चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङयीले नेपाली विदेशी मन्त्री नारायण खड्कालाई टेलिफोन गरेर नेपालको राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। 

परराष्ट्र मन्त्री वाङयीले चीन र नेपाल नदी र पहाडसँग जोडिएर युगौँयुगदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै दुई पक्षको साझा प्रयासमा दुई मुलुकको सम्बन्ध निरन्तर रूपमा गहन भएर परम्परागत मित्रता सुदृढ हुँदैआएको बताउनुभएको छ। उहाँले मन्त्री खड्कासँग दुई देशका नेतागणको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने, चीन नेपाल रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थिर रूपमा अगाडि सार्ने इच्छा रहेको व्यक्त गर्नुभएको छ।