वाङ यीद्वारा अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग भेटवार्ता
2022-09-24 16:32:02cri
Share with:

स्थानीय समय सेप्टेम्बर २३ तारिखका दिन चिनियाँ राज्य परिषद् एवम् परराष्ट् मन्त्री वाङ यीले संयुक्त राष्ट्र संघका लागि चीनको स्थायी नियोगमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गर्नुभयो।

वाङ यीले वर्तमान चीन-अमेरिका सम्बन्धले गम्भीर असर पारेको र अमेरिकी पक्षले यसबाट पाठ सिक्नुपर्ने बताउनुभयो। चीन-अमेरिका सम्बन्ध एक महत्वपूर्ण मोडमा रहेको भन्दै विश्व, इतिहास र दुई देशका जनताप्रति जिम्मेवार दृष्टिकोण राखेर विश्वका दुई प्रमुख देशहरू एकअर्कासँग मिल्ने सही मार्ग स्थापना गर्न दुवै पक्षका लागि अत्यावश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो।

वाङ यीले थाइवान मुद्दामा अमेरिकाको हालैको गलत व्यवहारको बारेमा चीनको गम्भीर अडानलाई व्यापक रूपमा व्याख्या गर्नुभयो। उहाँले थाइवान मुद्दा चीनको मुख्य हितको केन्द्रविन्दु रहेको र राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्नु चीनको मुख्य लक्ष्य रहेको भन्दै यो सधैँ स्पष्ट रहेको कुरामा जोड दिनुभयो। वाङ यीले थाइवान मामिला चीनको आन्तरिक मामिला भएको र अमेरिकालाई हस्तक्षेप गर्ने अधिकार नभएको पनि स्पष्ट पार्नुभयो।

चीन र अमेरिका दुवैको साझा चासो र गहिरो भिन्नता रहेको कुरामा जोड दिनुभयो। जसले दुवै पक्षलाई साझा हितमा आधारित सहयोग गर्नबाट रोक्दैन र यो चीन र अमेरिकाबीच टकरावको कारण बन्न सक्दैन भन्ने वाङ यीको तर्क रहेको छ।

ब्लिन्केनले अमेरिका–चीन सम्बन्ध अहिले कठिन अवस्थामा रहेको र द्विपक्षीय सम्बन्धलाई स्थिरतामा ल्याउन दुवै पक्षको हितमा रहेको बताउनुभयो। उहाँले अमेरिकी पक्ष चिनियाँ पक्षसँग स्पष्ट संवाद गर्न, गलत धारणाबाट जोगिन र अगाडि बढ्ने बाटो खोज्न इच्छुक रहेको बताउनुभयो। ब्लिन्केनले अमेरिकाले "नयाँ शितयुद्ध" नखोजेको भन्दै एक चीन नीति परिवर्तन नभएको र अमेरिकाले "थाइवान स्वतन्त्रता" लाई समर्थन नगर्ने दोहोर्‍याउनुभयो।