"जी ७७ र चीन" मन्त्रीस्तरीय बैठक न्यूयोर्कमा सम्पन्न
2022-09-24 16:33:17cri
Share with:

स्थानीय समय अनुसार सेप्टेम्बर २३ तारिखमा न्युयोर्कमा "जी ७७ र चीन" मन्त्रीस्तरीय बैठक सम्पन्न भयो। पाकिस्तान " जी ७७ र चीन" को वर्तमान अध्यक्ष मुलुक हो। पाकिस्तानी विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले बैठकको अध्यक्षता गर्नुभयो। सो बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र अन्य उच्च स्तरीय संयुक्त राष्ट्र सघका अधिकारीहरू सहभागी भएका छन्।

 

संयुक्त राष्ट्र संघको ७७ औँ महासभाका अध्यक्ष क्लेचले हालको सत्रको कार्य प्राथमिकताहरू "जी ७७ र चीन"का प्रतिनिधिहरूसमक्ष प्रस्तुत गर्नुभयो। उहाँले संयुक्त राष्ट्र संघले सन् २०३० को दिगो विकास लक्ष्य हासिल गर्न सक्ने आशा व्यक्त गर्नुभयो।

 

राष्ट्रसङ्घका महासचिव गुटेरेसले आफ्नो सम्बोधनमा विकासोन्मुख मुलुकका हरेक विकास र सुधारका प्रयासमा बाधा पुगेको भन्दै उहाँले विकासोन्मुख मुलुकलाई फाइदा पुग्ने गरी अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधार गर्नुपर्ने आह्वान गर्नुभयो।