वाङयीद्वारा ७७ औँ संयुक्त राष्ट्र संघीय महासभाको सामान्य बाहसलाई सम्बोधन
2022-09-25 16:12:39cri
Share with:

सेप्टेम्बर २४ तारिख चीनका राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले संयुक्त राष्ट्र संघको मुख्यालयमा ७७औँ संयुक्त राष्ट्र संघीय महासभाको सामान्य बाहसमा संलग्न भएर शान्तिपूर्ण विकासलाई प्रयास गर्ने, एकताबद्ध तथा प्रगतिको जिम्मेवार लिने शीर्षकमा सम्बोधन गर्नुभएको छ।

वाङ यीले यो एक चुनौतीपूर्ण युग हो भन्दै नयाँ अशान्त अवधिमा प्रवेश भएसँगै विश्वसमक्ष सय वर्षसम्म नदेखिने परिवर्तन अवस्था तिव्र भएको विचार व्यक्त गर्नुभयो। यो आशावादी युग हो भने शान्ति तथा विकासको मुख्य विषय परिवर्तन नभएको र विभिन्न मुलुकका जनताले प्रगति तथा सहयोगलाई बढाउने इच्छा झनै ठूलो भएको पनि वाङ यीले बताउनुभयो।

वाङ यीले ऐतिहासिक प्रवाह समातेर राष्ट्राध्यक्ष सी चिनफिङले उठाउनुभएको मानव भाग्य समुदायको संयुक्त रूपमा रचना गर्नेसम्बन्धी चीनको अडान दृढ र स्पष्ट भएको उल्लेख गर्नुभयो। उहाँले बताउनु भएका मुख्य बुँदाहरु यस प्रकार छन्: शान्ति अँगालौँ युद्ध होइन। विकास गरौँ गरिबी होइन। खुला बनौँ बन्द होइन। सहयोग गरौँ द्वन्द्व होइन। एकताबद्ध हौऔँ तर विभाजन होइन। न्यायपूर्ण बनौँ प्रभुत्व होइन।