वाङ यीद्वारा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता
2022-09-25 16:11:59cri
Share with:

स्थानीय समय सेप्टेम्बर २३ तारिखमा चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले न्युयोर्कमा संयुक्त राष्ट्र सघका महासभाको अविधमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभयो।

वाङ यीले चीनले संयुक्त राष्ट्रसघसँग दृढतापूर्वक उभिने, अन्तर्राष्ट्रिय मामिलामा संयुक्त राष्ट्र संघको केन्द्रीय भूमिकालाई दृढतापूर्वक समर्थन गर्ने र शान्ति र सुरक्षाका चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्र संघलाई बलियो भूमिका खेल्न दृढतापूर्वक समर्थन गर्ने बताउनुभयो।

गुटेरेसले बहुपक्षीयतालाई समर्थन गर्ने र अन्तर्राष्ट्रिय सहयोग र दिगो विकासको प्रवर्द्धनमा चीनको दीर्घकालीन भूमिकाको प्रशंसा गर्दै चीनसँगको साझेदारी संयुक्त राष्ट्र सघ र बहुपक्षीयताको महत्वपूर्ण स्तम्भ भएको बताउनुभयो।

वाङ यीले राष्ट्राध्यक्ष सी चिन फिङले विश्वव्यापी विकास पहल र विश्वव्यापी सुरक्षा पहल प्रस्ताव गरेको र अन्तर्राष्ट्रिय विकास सहयोगलाई बढावा दिन र दिगो विकासको सन् २०३० को एजेन्डा कार्यान्वयन गर्न चीनको योजनामा योगदान दिएको कुरामा जोड दिनुभयो।