कोभिडका कारण नेपाली होटलले १ अर्ब ८० करोड रुपैयाँ गुमाए
2022-09-25 16:16:38cri
Share with:

 कोभिड महामारीमा नेपालका होटलले १ अर्ब ८० करोड रुपैयाँ गुमाउनु परेको छ। होटल संघ नेपाल (हान) को शनिबार काठमाडौँमा आयोजित अर्धवार्षिक साधारणसभामा अध्यक्ष सिर्जना राणाले कोभिडका कारण पर्यटकस्तरीयदेखि ५ तारे होटलसम्मले १ अर्ब ८० करोड रुपैयाँ गुमाउनु परेको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

उहाँका अनुसारनेपालमा होटल क्षेत्रमा १५ खर्ब रुपैयाँबराबरको निजी क्षेत्र र वित्तीय संस्थाहरुको लगानी छ। हानका अनुसारनेपालको पर्यटन क्षेत्रले १० लाख २७ हजारलाई रोजगारी दिइएको थियो। तर कोभिडको असरका कारण अझै सबै होटल लगायतका पर्यटकीय संस्था संचालनमा आइसकेका छैनन्।

हानले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा १०.४ प्रतिशत योगदान दिएको छ। यसै अवसरमा हानले फ्रेन्चजर्मन र अंग्रेजी भाषामा लेखिएको ‘अ जर्नी फ्रम इस्ट टू वेस्ट’ कफि टेवलबुक सार्वजनिक गरेको छ। अर्धवार्षिक साधारणसभामा संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त पुस्तक विमोचन गर्नु भएको थियो। संघीय संरचनाअनुसार देशभर पर्यटकीय क्षेत्रहरुबारे पुस्तकमा उल्लेख गरिएको छ। यो पुस्तक नेपाल भम्रण गर्न चाहने विदेशीलाई लक्षित गरी सार्वजनिक गरिएको हो।