चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको संगठन विभागका जिम्मेवारबाट पार्टीको २०औं महाधिवेशनका प्रतिनिधिको निर्वाचनबारे जानकारी
2022-09-26 20:25:22CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको संगठन विभागका जिम्मेवारले हाल पार्टीको २०औं महाधिवेशनका प्रतिनिधिको निर्वाचनबारे अन्तर्वार्ता दिएका छन्।

ती जिम्मेवार व्यक्तिका अनुसार, सी चिनफिङ केन्द्रित पार्टीको केन्द्रिय समितिको नेतृत्वमा २०औं महाधिवेशनका प्रतिनिधिको निर्वाचन सुचारू रूपमा पूरा भएको छ। चीनका २८ निर्वाचन एकाइले छुट्टा-छुट्टै रूपमा बैठक गरेर २२९६जना प्रतिनिधि चयन गरेका छन्।

जनप्रतिनिधिहरूमध्ये उत्पादनको अग्रपंक्तिमा प्रतिनिधित्वको अनुपात सुनिश्चित गरिएको छ, महिला प्रतिनिधिको संख्या बढेको छ, अल्पसंख्यक जातीय प्रतिनिधिको अनुपात स्थिर राखिएको छ। प्रतिनिधिको वितरण व्यापक, उमेरको संरचना उचित र शैक्षिकस्तर अपेक्षाकृत उच्च छ।