७७औं राष्ट्र संघीय महाधिवेशनको सामान्य वहसमा चिनियाँ परराष्ट्रमन्त्रीको सम्बोधन
2022-09-26 18:31:30CRI
Share with:

चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले २४ तारिख ७७औं राष्ट्र संघीय महाधिवेशनको सामान्य वहसमा सम्बोधन गर्नुभएको छ। उहाँले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र मानव भाग्य समुदायको साझा निर्माणबारे अनेकन धारणा प्रस्तुत गर्नुभएको छ।  चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले २६ तारिख नियमित पत्रकार सम्मेलनमा ती धारणाहरूबारे चर्चा गर्नुभएको छ।

१ शान्ति हुनुपर्छ तर युद्ध होइन। शान्तिपूर्ण तरिकामार्फत् मतभेद र वार्ता-सल्लाहमार्फत् द्वन्द्वको समाधान गर्नुपर्छ।

२ विकास हुनुपर्छ तर गरिबी होइन। विकासलाई अन्तर्राष्ट्रिय एजन्डाको केन्द्रमा राखेर विकासको उपलब्धि अझ बढी र निष्पक्ष रूपमा हरेक देश तथा नागरिकमा फाइदा पुर्याइनुपर्छ।  

३ खुला हुनुपर्छ तर बन्द होइन। खुला तथा सहिष्णुताको वकालत गरेर डब्लुटीओ केन्द्रित बहुपक्षीय व्यापार व्यवस्थापनको सुरक्षा गर्नुका साथै खुला विश्व अर्थव्यवस्थाको निर्माणलाई अगाडि बढाउनुपर्छ।

४ सहयोग हुनुपर्छ तर टकराव होइन। वार्ताले द्वन्द्वलाई, सल्लाहले जबरजस्तीलाई र साझा जितले शून्य योगफललाई बदलेर सामूहिक राजनीतिक द्वन्द्वको संयुक्त प्रतिरोध गर्नुपर्छ।

५ एकता हुनुपर्छ तर पृथकता होइन। वैचारिक रेखा नाघेर विश्व शान्ति तथा विकासको लागि सबैभन्दा ठूलो साझा वृत्त बनाउनुपर्छ।

६ निष्पक्ष हुनुपर्छ तर धम्की होइन। साँच्चिकै बहुपक्षीयताको पहल र अभ्यास गरी विभिन्न देशबीच अधिकार तथा हित, नियम र अवसरको समानतालाई अगाडि बढाएर आपसी सम्मान, निष्पक्ष तथा न्यायिक, सहयोग तथा साझा विजयको नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण गर्नुपर्छ।