अमेरिका वास्तविक प्रतिबन्ध लगाउने सुपरमुलुक
2022-09-26 18:33:30CRI
Share with:

अमेरिका वास्तविक प्रतिबन्ध थोपर्ने सुपर देश  भएको कुरा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले २६ तारिख व्यक्त गर्नुभएको छ। 

प्राप्त जानकारीअनुसार, हाल इरान, जिम्बाब्वे र बोलिभियाका राष्ट्रपतिका साथै क्युबाका विदेशमन्त्रीलगायत धेरै देशका नेतागणले ७७औं राष्ट्र संघीय महाधिवेशनको सामान्य वहसमा सम्बोधन गर्दै एकतर्फी प्रतिबन्ध लगाउने अमेरिकाको अधिनायकवादको निन्दा गरेका छन्।   

तथ्याङ्कमा सन् २००० देखि २०२१सम्म अमेरिकाले लगाउने प्रतिबन्ध ९३३ प्रतिशतले बढेको प्रवक्ता वाङले चर्चा गर्नुभयो। हालसम्म अमेरिकाले लगभग ४० मुलुकलाई आर्थिक प्रतिबन्ध लगाएको छ। जसबाट विश्वका बराबर आधा जनसंख्या प्रभावित भएर गम्भीर मानवीय प्रकोपको सामना गरेका छन्। गत अमेरिकी सरकारले कुल ३९०० प्रतिबन्धात्मक कदम चालेको थियो। सरदरमा प्रत्येक दिन ३ पटक प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध अमेरिकाको वैदेशिक नीतिको सबैभन्दा मनपर्ने कुरा नै हतियार बनेको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन्।    

राष्ट्र संघीय बडापत्र र अन्तर्राष्ट्रिय कानूनको वेवास्ता गर्ने एकतर्फी प्रतिबन्ध लगाउने कार्यले अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक व्यवस्थापन र विश्वव्यापी शासन प्रणालीमाथि असर पार्नुका साथै नाकाबन्दी गरिएका देशको प्रयासमाथि गम्भीर असर पार्दै जीवन अधिकार, आत्मनिर्णयको अधिकार र विकास अधिकारमाथि क्षति पुर्याएको छ। यो मानव अधिकारका लागि निरन्तर, प्रणालीगत तथा सामूहिक आक्रामकता हो भन्ने कुरा प्रवक्ता वाङले बताउनुभएको छ।