लगभग ७० देशको प्रतिनिधित्व गर्दै पाकिस्तानद्वारा सम्बोधन
2022-09-27 16:53:03CRI
Share with:

संयुक्त राष्ट्र संघको मानवअधिकार समितिको ५१औं बैठक जेनेभामा जारी छ। स्थानीय समयअनुसार २६ तारिख पाकिस्तानले लगभग ७० देशको प्रतिनिधित्व गरेर साझा सम्बोधन गर्दै विभिन्न देशको सार्वभौमिकता, स्वतन्त्रता तथा प्रादेशिक अखण्डताको सम्मान गर्ने र सार्वभौम देशको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्ने अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम हो भन्ने कुरा व्यक्त गरेको छ। सिन्च्याङ, हङ्गकङ्ग, तिब्बत मामिला चीनको आन्तरिक मामिला हो। मानव अधिकारको राजनीतिकरण र दोहोरो मापदण्डको विरोध, मानवअधिकारको निहुँमा चिनियाँ आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने कुराको पनि पाकिस्तानले विरोध गरेको छ। विभिन्न पक्षले राष्ट्र संघीय बडापत्र र सिद्धान्तको पालना गर्नुका साथै सार्वभौमिकता, निष्पक्षता, वस्तुनिष्ठता र गैर-चयनवाद आदि सिद्धान्तको पालना गरी सबै देशका जनताको राष्ट्रिय परिस्थिति अनुसार स्वतन्त्र रूपमा विकासको बाटो छान्ने अधिकारको सम्मान गर्नुका साथै विभिन्न प्रकारका मानव अधिकारको समान रुपमा कदर गर्नुपर्छ। विशेष गरी आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार र विकास अधिकारलाई पर्याप्त महत्व दिनुपर्छ। मानवजातिका सामु कोभिड-१९लगायत विविध चुनौती देखापरेका छन्। अन्तर्राष्ट्रिय जगतले बहुपक्षीयताको पालना गर्नुका साथै एकता तथा समन्वयलाई सबल पारी विश्व चुनौतीको सामना गर्नु, विश्वको शान्ति तथा विकासलाई घच्घच्याउनु र मानव अधिकारको सुरक्षा तथा प्रवर्द्धन गर्नुपर्छ।

२०वटा भन्दा बढी देशहरूले छुट्टा-छुट्टै रूपमा सम्बोधन गरेर चीनलाई समर्थन गरेका छन्। बराबर एक सयवटा देशहरूले विभिन्न तरिकामार्फत् चीनप्रतिको बुझाइ तथा समर्थनको संकेत दिएका छन्।