उत्तर पश्चिमी औद्योगिक विश्वविद्यालयमाथि अमेरिकी एनएसए नेटवर्कद्वारा आक्रमण गरिएको छानबिन प्रतिवेदन
2022-09-27 15:14:54cri
Share with:

 गत जुन २२ तारिख चीनको उत्तर पश्चिमी औद्योगिक विश्वविद्यालयले एउटा खुला वक्तव्य जारी गर्दै सो विश्वविद्यालयमाथि सीमा बाहिरको नेटवर्कले आक्रमण गरेको दावी गरेको थियो। सो दावीपछि सिआन प्रहरीले त्यस मुद्दाबारे औपचारिक रूपमा छानबिन थालेको थियो। चीनको राष्ट्रिय कम्प्युटर भाइरसको आपत्कालीन बन्दोबस्त केन्द्र र ३६० कम्पनीबाट गठित संयुक्त प्राविधिक टोलीले त्यस मुद्दाको सम्पूर्ण प्राविधिक विश्लेषण कार्यमा भाग लिँदै यसै सेप्टेम्बर ५ तारिख उत्तर पश्चिमी औद्योगिक विश्वविद्यालयमाथि अमेरिकी एनएसए नेटवर्कद्वारा आक्रमण गरिएको विषयमा पहिलो छानबिन प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त नेटवर्क आक्रमणको उद्गम स्थल अमेरिकी राष्ट्रिय सुरक्षा व्युरो अर्थात् एनएसए मातहतको विशेष आक्रमण गतिविधि कार्यालय टीएओ नै भएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

 

उक्त प्राविधिक टोलीले २७ तारिख फेरि नेटवर्क आक्रमण सम्बन्धी दोस्रो प्रतिवेदन जारी गर्दै अमेरिकी विशेष आक्रमण गतिविधि कार्यालय टीएओले उत्तर पश्चिमी औद्योगिक विश्वविद्यालयमाथि नेटवर्क आक्रमण चलाएको प्रक्रियामा चीनको आधारभुत प्रबन्धको डाटाको सङ्कलन र नियन्त्रण गरेको विषयलाई भण्डाफोर गरेको छ।