कोभिड-१९ महामारीमा ४५.६ अर्ब डलर बेरोजगारी बीमामा धोका भएको ठहर
2022-09-27 17:38:04CRI
Share with:

अमेरिकी श्रम मन्त्रालयका महानिरीक्षक कार्यालयबाट २२ तारिख प्रकाशित प्रतिवेदन अनुसार, कोभिड-१९ महामारीको अवसरमा ठगीहरूले मृतकको सामाजिक सुरक्षा खाता चोर्नेलगायत अवैध माध्यमबाट ४५.६ अर्ब डलरको बेरोजगारी बीमा धोका दिएको हुनसक्ने सम्भावना छ। हालसम्म अरू कोही भएको बहाना गरी बेरोजगारी बीमा प्राप्त आदि कार्यले १ हजार भन्दाबढी जना आरोपित भएका छन्।

श्रम मन्त्रालयका महानिरीक्षक ल्यारी टर्नरले उक्त संख्याले बेरोजगारी बीमामा धोखाधडी समस्याको गम्भीरता देखाइएको बताउनुभएको छ। 

सन् २०२० महामारीबाट भएको रोजगारीलगायत संकटको सामना गर्नका लागि अमेरिकी काँग्रेसले बेरोजगारी बीमाको कभरेज र रकम विस्तार पारेको छ। तर वाशिन्टन पोस्टको जानकारीअनुसार, लापरवाही, पूँजी अभाव, पुराना कार्यालय कम्प्युटर लगायतका कारणले लहरजस्तै व्यापक बेरोजगारी बीमा दावीको सामना गर्दै व्यवस्थापन विभागको दक्षता कम भएको छ। लाखौंलाख अमेरिकीहरूको दाबी ढिला भएको छ। अराजक अवस्थाले बदमाशहरूलाई अवसर दिएको छ।