कोभिडले शिथिल नेपालको पर्यटन क्षेत्र चलायमान हुँदै
2022-09-28 15:54:12CRI
Share with:

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी मङ्गलबार यो ४३औँ विश्व पर्यटन दिवस मनाएको छ। नेपाल पर्यटन बोर्डले ‘रिथिङ्किङ टुरिजम’ भन्ने नाराका साथ मङ्गलबार बिहानको पहिलो तीन उडानबाट नेपाल भित्रिएका पर्यटकलाई स्वागत गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

पर्यटन बोर्ड, ट्राभल एन्ड ट्रेकिङ एसोसिएसन, होटल एसोसिएसन अफ नेपाललगायत पर्यटन सम्बद्ध विभिन्न सङ्घ संस्थाहरूको अगुवाइमा हिमालयल एयरलाइन्स, जजिरा एयरवेज र ओमन एयरबाट नेपाल भित्रिएका विदेशी पाहुनालाई स्वागत गरेर बोर्डले कार्यक्रमको सुरुवात गरेको हो। यसअघिका वर्षहरूमा पहिलो उडानबाट आउने पहिलो विदेशीलाई सम्मान गर्ने गरेको थियो। राजधानीबाहिर काठमाडौँ, पोखरा, लुम्बिनी, जनकपुरलगायतका पर्यटकीय गन्तव्यमा विभिन्न कार्यक्रमको आयोजना गरिएको निर्देशक लामिछानेले बताउनुभयो ।

गोरखापत्र अनलाइनका अनुसार प्राकृतिक सौन्दर्य र धार्मिक हिसाबले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्दै जान थालेको छ । प्राकृतिक सौन्दर्य र धार्मिक हिसाबले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्दै जान थालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस अर्थिक वर्षमा तीन गुण बढीले पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक नेपाल आउन सकेनन् ।

पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन्।