राष्ट्राध्यक्ष सी चिनफिङ र जापानी प्रधानमन्त्री किशिदा वनस्यौँगद्वारा एक अर्कालाई शुभकामना व्यक्त
2022-09-29 15:45:24cri
Share with:

सेप्टेम्बर २९ तारिख चीन र जापानबीचको दौत्य सम्बन्ध सामान्यीकरण तथा स्थीर रूपमा ५० वर्ष पुगेको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र जापानका प्रधानमन्त्री किशिदा वनस्यौँगले एक अर्कालाई शुभकामना सन्देश पठाउनुभएको छ।

 

आफ्नो शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सी चिनफिङले चीनले चीन र जापानबीचको सम्बन्धको विकासलाई ध्यान दिइरहेको र  प्रधानमन्त्री किशिदासँग मिलेर अन्तर्राष्ट्रिय माग बमोजिम नयाँ युगको दुई पक्षीय सम्बन्धको निर्माणका लागि साझा प्रयास गर्न चीन इच्छुक रहेको व्यक्त गर्नुभएको छ।

 

जापानी प्रधानमन्त्री किशिदाले चीनसँग मिलेर आउने अर्को ५० वर्षसम्म जापान र चीनबीचको सकारात्मक तथा स्थीर सम्बन्धलाई बलियो बनाउँदै दुई पक्षीय र विश्व शान्ति सुदृढ तथा थप प्रवर्द्धन गर्न जापान इच्छुक रहेको व्यक्त गर्नुभएको छ।